News Portal

  • समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२६ चैत्र, २०८१
    २२८ पटक
    २६ चैत्र, २०८१

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार ७९० कित्ता संस्थापक शेयर बिक्री गर्ने भउको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि यस संस्थामा निवेदन पेश गरेअनुसार संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो ।

    हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको विवरण खुलाई निवेदन दिनु पर्नेछ।

    संस्थाले तोकिएको यस म्याद भित्र संस्थापक शेयरधनीबाट सो शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गरिने संस्थाको भनाई छ ।

    प्रतिकृया दिनुहोस्