News Portal

  • सांग्रिला बैंकद्वारा नेपाल स्काउटलाई ज्याकेट हस्तान्तरण

    आर्थीकसंसार संवाददाता८ पौष, २०७७
    १४५१ पटक
    ८ पौष, २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअंतर्गत भक्तपुरस्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ । बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय आयुक्त हरि बहादुर श्रेष्ठलाई ज्याकेट हस्तान्त्तर गरेका हुन् ।
    सो सहयोगले नेपाल स्काउट मध्यपुर थिमिका स्वयंम सेवकहरुलाई यस जाडो याममा आफ्नो दैनिक कार्य सम्पादनमा सहयोग पुग्ने जोशीले बताए । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेलाबेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट सामाजिक उत्तरदायित्वअन्तर्गतको विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्