
काठमाडौं । इटहरी घर भएकी विजयता चुडालले आफ्नो भाई संस्कार चुडाको जन्मदिनमा बीमा पोलिसी उपहार दिएकी छन् । हाल उनी वैदेशिक रोजगारको सिलशीलामा विदेशमा भएता पनि आफ्नो भाइको जन्मदिनमा दिर्घकालिन हुने उपहार दिने हेतुले बीमा पोलिसी उपहार दिएकी हुन् ।
उनले आफ्नो भाइलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बिर्तामोड शाखा कार्यालयकी एजेन्सी म्यानेजर दीपा खरेलको माध्यमबाट उक्त पोलिसी दिएकी हुन् । इटहरी घरमा गएर आमा टीका देवी चुडाललाई पोलिसी हस्तान्तरण गरेकी हुन् ।
सानो साने रकमलाई सदुपयोग गरेर सुरक्षा र बचत गर्न सकिने एजेन्सी म्यानेजर खरेलले बताइन् । नगद र जिन्सी सामान दिनु भन्दा जीवन बीमालेख उपहार दिँदा जिन्दगी भर उपयोग आउनुको साथै सुरक्षित बचत र दीर्घकालीन बचतमा प्रोत्साहन मिल्ने शाखा प्रमुख नानीबाबु आचार्यले बताए ।
छोरा छोरी को इन्स्योरेन्स गर्नाले भविष्यमा आई पर्ने ठूला ठूला कामहरू सहज तरिकाले समाधान गर्न सहज हुने भएकोले इन्स्योरेन्स गर्नु उत्तम भएको शाखाका मार्केटिङ म्यानेजर भीम प्रसाद खनालले बताए ।