News Portal

  • आवश्यक कागजात बुझाई बीमा दाबी फर्छ्यौट गर्न बीमितलाई हिमालयन एभेष्ट इन्स्योरेन्सको आग्रह

    आर्थीकसंसार संवाददाता२८ फागुन, २०८१
    १९७ पटक
    २८ फागुन, २०८१

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना बीमितलाई आवश्यक कागजात बुझाई बीमा दाबी फर्छ्यौट गर्न आग्रह गरेको छ।

    कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमा दाबी फर्छ्यौट बुझाउन बाँकी आवश्यक कागजपत्र पेस गर्न आग्रह गरेको हो। यस कम्पनीबाट जारी बीमोलेखअन्तर्गत पर्न आएका दाबी सम्बन्धमा क्षति मूल्यांकनका लागि बुझाउन बाँकी आवश्यक कागजपत्र सम्बन्धित सर्भेयरलाई वा कम्पनीमा अन्तिम दाबी फर्छ्यौटका लागि बुझाउन बाँकी भएका दाबीसम्बन्धी आवश्यक कागजपत्र कम्पनीको केन्द्रीय कार्यालय वा शाखाहरुमा बुझाउन बीमितलाई आग्रह गरिएको छ।

    आवश्यक कागजपत्र सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र बुझाउन बीमितलाई कम्पनीले आग्रह गरेको छ। तोकिएको मितिभित्र आवश्यक कागजपत्र बुझाएर बेलैमा दाबी फर्छ्यौट गर्न सूचनामा भनिएको छ।

    तोकिएको मितिभित्र आवश्यक कागजपत्र प्राप्त नभएको खण्डमा दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्