आर्थीकसंसार संवाददाता२७ फागुन, २०८१

पोखरा । ग्रीन डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरि बहादुर बुढाथोकी पुनः नियुक्त भएका छन् । मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले बुढाथोकीलाई पुनः सीईओमा नियु्क्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी ४ बर्षे कार्यकालको लागी पुनः नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ । त्रिभुवन विश्व विद्यालयवाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका बुढाथोकीसँग बैंकिङ्ग क्षेत्रमा दुई दशक बढीको कार्य अनुभव छ ।
बैंकिङ्ग क्षेत्रको लामो अनुभव संगालेका बुढाथोकीकोे पुनः नियुक्तिले ग्राहकहरुलाई समय सापेक्ष थप प्रविधिमैत्री बैकिङ्ग सेवा सुविधा उपलब्ध गराउने अपेक्षा सञ्चालक समितिले गरेको छ । साथै बैंकको समग्र व्यवसाय र प्रतिफललाई वृद्धि गरी थप उचाईमा पु¥याउने विश्वास सेयरधनीहरूले गरेका छन् ।