News Portal

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा आज हुँदै

    आर्थीकसंसार संवाददाता२७ फागुन, २०८१
    १९५ पटक
    २७ फागुन, २०८१

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारणसभा आज फागुन २७ गते वार्षिक साधारणसभा आयोजना गर्दैछ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा हुनेछ।

    सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको कुल ८.७ प्रतिशतले हुने आउने २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको थियो । यसको अर्थ फागुन १५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    प्रतिकृया दिनुहोस्