News Portal

  • भाइको विवाहमा टिका कुमारीले बुहारीलाई दिइन् २० लाखको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०८१
    २१९ पटक
    २५ फागुन, २०८१

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी हरिवन शाखाकी सिनियर एजेन्सी म्यानेजर टीका कुमारी खड्का (अप्सरा) ले आफ्नो भाइको सुभ विवाहमा बुहारीको मुख हेर्न अवसर पारेर २० लाख रुपैयाँ बराबरको सुखी जीवन आजीवन बीमालेख उपहार दिएकी छन् । खड्का बिगत ९ बर्ष देखि हरिवन शाखामा सिनियर एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् ।

    सो कार्यक्रममा एशियन लाइफको हरिवन शाखाको शाखा प्रबन्धक सरोज केसिको पनि उपस्थिति रहेको थियो । शाखा प्रमुख केसिले यस्ता कार्यक्रममा नगद र जिन्सी समान दिनुभन्दा जीवन बीमालेख उपहार दिँदा जिन्दगीभर उपयोग आउनुको साथै सुरक्षित भविष्य र दीर्घकालीन बचतमा गर्न प्रेरणा मिल्ने जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्