News Portal

  • मानुषी लघुवित्तको साधारणसभा चैत १० गते

    आर्थीकसंसार संवाददाता१८ फागुन, २०८१
    १४ पटक
    १८ फागुन, २०८१

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १० गते आइतबार छैठौं वार्षिक साधारणसभा गर्ने भएको छ । सभा भक्तपुरको जगातीस्थित होटल भ्यू भक्तपुरमा बिहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो। कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय सभाले पारित गर्नेछ ।

    सभाले कुनै पनि लघुवित्तसँग मर्जरका लागि आवश्यक सबै काम गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

    कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन २५ गते बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्नेछन्।

    प्रतिकृया दिनुहोस्