News Portal

  • आरम्भ चौतारी लघुवित्तको नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता५ पुस, २०७७
    १६३४ पटक
    ५ पुस, २०७७

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त संस्थाले नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कालिकोटको मेलमुडी गाउँपालिकामा १०१औं शाखा सञ्चालनमा ल्याएको हो ।
    सो नयाँ शाखाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले गाउँगाउँमा नागरिकलाई वित्तीय सहयोग प्रदान गरेर आत्मनिर्भर बनाउन संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । त्यस्तै, ऋणीहरूले पनि आफूले लिएको ऋणको सदुपयोग गरेर गरिबी निवारणतर्फ अग्रसर हुन मुख्यमन्त्री शाहीले आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्