आर्थीकसंसार संवाददाता४ फागुन, २०८१

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको फागुन ३ गते बसेको बैठकले उनलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिकी अध्यक्ष सन्तोषी महतोले माघ २५ गते घरायसी कारण देखाई अध्यक्ष पदबाट दिएको राजिनामा कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो ।