आर्थीकसंसार संवाददाता१ फागुन, २०८१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे ८ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो ।
बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर आज फागुन १ गतेदेखि बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।
बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले फागुन ९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
बैंकको सेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १ लाख २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ ।