News Portal

  • समता लघुवित्तको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता५ पौष, २०७७
    १५९१ पटक
    ५ पौष, २०७७

    काठमाडौं । समता लघुवित्तको बोनसपछि सेयर मूल्य समायोजन भएको छ । आज (पुस ५ गते)आइतबार समता लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले संस्थाको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
    मूल्य समायोजनपछि संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता ५५० रुपैयाँमा झरेको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता ६६० रुपैयाँ रहेको थियो । यससँगै दोस्रो बजारमा संस्थाको पहिलो सेयर कारोबार प्रतिकित्ता ५५० रुपैयाँदेखि सुरु हुने छ ।

    प्रतिकृया दिनुहोस्