News Portal

  • कुमारी बैंकको झन्डै २ लाख कित्ता शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२९ माघ, २०८१
    १७ पटक
    २९ माघ, २०८१

    काठमाडौं । कुमारी बैंकको झन्डै २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

    बैंकको संस्थापक समूहको १ लाख ९५ हजार ८७० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

    शेयर खरिदका लागि निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा दिन सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्