News Portal

  • नेपाल माइक्रोको आईपीओ बाँडफाँड, वैदेशिक रोजगारीमा रहेका साढे २२ हजारले पाए सेयर

    आर्थीकसंसार संवाददाता२९ माघ, २०८१
    १२६ पटक
    २९ माघ, २०८१

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि जारी गरेको २ लाख २५ हजार ००० कित्ता सेयर मंगलबार बाँडफाँड गरेको छ ।

    नेपाल माइक्रो इन्स्योरेन्सको आफ्नो जारी पू्ँजी ७५ करोडको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ रकम बराबरको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरका कूल २२ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता साधारण सेयर बाँडफाँड गरेको हो ।

    नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि माघ ८ गते देखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

    ४५ हजार ९०६ आवेदनमध्ये जम्मा २२ हजार ५०० जना आवेदकहरूलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ मा भएको व्यवस्थाको अधिनमा रही सेयर बाँडिएको हो ।

    प्रतिकृया दिनुहोस्