News Portal

  • २४.९२ प्रतिशत बढ्यो सानिमा रिलायन्सको दाबी भुक्तानी, २३.१६ करोड रुपैयाँ खुद नाफा

    आर्थीकसंसार संवाददाता२८ माघ, २०८१
    ३१ पटक
    २८ माघ, २०८१

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासमा खुद नाफा ५.४४ प्रतिशत बढेर २३ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १८.७२ प्रतिशत बढेर ३ अर्ब ११ करोड १४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६२ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

    यस अवधिमा कम्पनीका खुद दाबी भुक्तानी २४.९२ प्रतिशत बढेर ३ अर्ब १७ करोड ३६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५४ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०.९७ प्रतिशत बढेर ४ अर्ब ११ करोड ५१ लाख रुपैयाँ छ भने कुल खर्च २१.९९ प्रतिशत बढेर ३ अर्ब ८८ करोड ४६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४० करोड १६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ३ अर्ब १८ करोड ४३ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

    पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी १८.३८ प्रतिशत बढेर ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ, महाविपत्ति कोष ७.०९ प्रतिशत बढेर १३ करोड ४३ लाख रुपैयाँ, जीवन बीमा कोष ४८.५९ प्रतिशत बढेर १६ अर्ब ६० करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

    कम्पनीको प्रतिसेयर आम्दानी ९.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.४७ गुणा रहेको छ ।

    प्रतिकृया दिनुहोस्