News Portal

  • जीवन विकास लघुवित्तको सञ्चालकमा डा.जैन मनोनित

    आर्थीकसंसार संवाददाता२५ माघ, २०८१
    ३३ पटक
    २५ माघ, २०८१

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति सदस्यमा डाक्टर बन्दनाकुमारी जैन चयन भएकी छन् । सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको रुपमा त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक डाक्टर जैनलाई मनोनित गरेको हो ।

    जीवन विकासमा यसअघि सोनिला शाक्य स्वतन्त्र सञ्चालक थिइन् । उनको कार्यकाल सकिएपछि सञ्चालक समितिको बैठकले सहायक प्राध्यापक जैनलाई मनोनित गरेको लघुवित्तले जनाएको छ ।

    जैनले जीवन विकासको सञ्चालक समिति अध्यक्ष विक्रमराज सुवेदीबाट सञ्चालकको शपथग्रहण पनि गरेकी छन् । व्यवस्थापन संकायबाट विद्यावारिधी गरेकी जैन डिग्री क्याम्पस विराटनगरमा प्राध्यापन गराउँछिन् ।

    प्रतिकृया दिनुहोस्