News Portal

  • एशियन लाइफ इन्स्योरेन्सको बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२९ साउन, २०७७
    १६७१ पटक
    २९ साउन, २०७७

    काठमाडौं । एशियन लाइफ इन्सोरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कलैयास्थित शाखाले बिमितको घरमै गएर दुई लाख ९६ हजार आठ सय रुपैयाँ प्रदान गरेको हो । कलैया–९ स्थित रामपुर टोल बस्ने ५७ वर्षीय दशै साह तुरहा गत असार आठ गते ज्यान गुमाएका थिए । तुरहाको अचानक अस्वस्थ भई ज्यान गएको थियो ।
    तुरहा परिवारललाई एशियन इन्सोरेन्सले दुई लाख ९६ हजार रुपैयाँ सय चेक घरमै गएर प्रदान गरेको हो । सो चेक हस्तान्तरण गर्दै वडा अध्यक्ष डा. अख्तर अन्सारीले मृत्युलाई कसैले रोक्न, छेक्न नसक्ने तर बीमाले आर्थिक क्षतिलाई कम गर्न सक्ने बताए ।
    समयमै मृत्यु दावी भुक्तान गरेको प्रति धन्यवाद दिँदै वडा अध्यक्ष डा. अन्सारीले यो रकमबाट तुरहा परिवारलाई आर्थिक राहत हुने बताए ।

    प्रतिकृया दिनुहोस्