काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)ले अवितिरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले माघ २१ गतेदेखि करिब ५ लाख कित्ता अवितिरित हकप्रद सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले गत मंसिर १२ गतेदेखि पुस २ गतेसम्म चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको ४ लाख ९२ हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको हो ।
कम्पनीको सेयर फागुन ५ गतेसम्म बिक्री खुला रहनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।
कम्पनीको उक्त सेयरमा लगानीकर्ताहरूले एलआईसीको केन्द्रीय कायालय पुतलीसडक, विराटनगर, विरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर मूलय प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले कम्तिमा १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।