News Portal

  • मेटलाइफ र इयर केयर नेपालबीच सम्झौता, स्कूल इयर हेल्थ कार्यक्रम सञ्चालन गरिने

    आर्थीकसंसार संवाददाता११ माघ, २०८१
    १४ पटक
    ११ माघ, २०८१

    काठमाडौं । मेटलाइफ नेपालले इयर केयर नेपालसँग मिलेर काठमाडौं, भक्तपुर र ललितपुरका सरकारी विद्यालयका २ हजार ४०० विद्यार्थीहरूलाई लक्षित गर्दै १० हप्ताको ‘स्कूल इयर हेल्थ कार्यक्रम’ गर्ने भएको छ ।

    यस कार्यक्रम अर्न्तगत सामुदायिक विद्यालय जाने बालबालिकामा कान सम्बन्धी समस्याको पहिचान, रोकथाम र सचेतना बढाउने उद्देश्य रहेको मेट लाइफले जानकारी दिएको छ ।

    इयर केयर नेपालका विशेषज्ञहरूले ८ देखि १० विद्यालयहरूमा बालबालिकाको कान परीक्षण गर्नेछन् । पोर्टेबल अडियोग्राम मेशिनद्वारा श्रवण परीक्षण गरिने र सामान्य समस्याको उपचार तुरुन्तै हुने जनाएको छ । जटिल केसहरूलाई भने थप उपचारका लागि सिफारिस गरिने र विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई कानको स्वास्थ्यबारे जानकारी दिने विशेष सामग्री मार्फत् श्रवण स्वास्थ्य शिक्षा प्रदान गरिनेछ ।

    मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘हामी यस महत्त्वपूर्ण पहलमा इयर केयर नेपालसँग साझेदारी गर्न पाउँदा गर्व गर्छौं । यस कार्यक्रमले कान र श्रवणलाई गम्भीर रूपमा सम्बोधन गरेर बालबालिकाको स्वास्थ्य र कल्याणमा सुधार गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ । स्वास्थ्य समस्याहरू नियन्त्रण गर्दै, हामीले दिगो प्रभाव सिर्जना गर्न सक्छौं र हाम्रो समुदायको लागि स्वस्थ भविष्य बनाउन मद्दत गर्न सक्छौं ।’

    प्रतिकृया दिनुहोस्