News Portal

  • पुँजीबजार विकास तथा विस्तारका लागि जोड दिनेः अध्यक्ष थापा

    आर्थीकसंसार संवाददाता३ पुस, २०७७
    १४७४ पटक
    ३ पुस, २०७७

    काठमाडौं । पुँजीबजार विकास तथा विस्तारका लागि अघि बढ्ने नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष मेखबहादुर थापाले बताएका छन् । अध्यक्ष थापाले नेपाल धितोपत्र बोर्डको नीति निर्देशन कार्यान्वयन गरी बजार विकासका लागि पूर्ण प्रतिबद्धता जनाएका हुन् ।
    संघका नवनिर्वाचित अध्यक्ष थापाले शुक्रबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासँगको भेटवार्ता कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।
    शुक्रबार अध्यक्ष थापाको नेतृत्वमा सम्पूर्ण कार्य समितिका सदस्यहरुले धितोपत्र बोर्डका अध्यक्षसँग औपचारिक भेटवार्ता गरेको छ । सो अवसरमा शुभकामना प्रदान गरिनुका साथै पुँजी बजारको थप विकास र विस्तारका सम्बन्धमा विस्तृत छलफलसमेत भयो ।
    सो अवसरमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी तथा संघका निवर्तमान अध्यक्ष ध्रुव तिमिल्सिनाको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्