News Portal

  • नेशनल लाइफका ४०० बढी अभिकर्ताले लिए आईआईआई भारतबाट प्राविधिक तालिम

    आर्थीकसंसार संवाददाता२५ पुष, २०८१
    ५ पटक
    २५ पुष, २०८१

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागि हुन योग्य भएका अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो ।

    कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल वि.के. नायकको सभापतित्वमा सम्पन्न भएको उक्त तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरु जे. सेन, मिहिर गोस्वामी, अनिरवन शाह लगाएतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

    कलेजका प्रिन्सिपल वि.के. नायकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै तालिमका सहभागिहरुलाई स्वागत गरेका थिए । उनले यति धेरै अभिकर्ताहरुलाई नेपालबाट इण्डियासम्म ल्याएर व्यवस्थित तरिकाले प्रशिक्षणमा सहभागि गराई प्रशिक्षण प्रदान गर्ने अवसर दिएकोमा कम्पनीलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

    कार्यक्रममा, प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्पेटिङ सम्वन्धनमा प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै नविन सोच लिई अगाडी बढेमा बीमा व्यवसायमा सफलता प्राप्त हुने बताए । यसैगरी अर्का प्रशिक्षक अनिरवन शाहले बिजनेश कन्ट्यूनिटी साईकल का सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए । । उनले अभिकर्ताले ग्राहकहरुको रुची, व्यवसाय, पारिवारिक अवस्था, आम्दानीलाई ख्याल गरी बीमा बिक्रि गर्ने र विक्रि पश्चात पनि आफ्ना ग्राहकहरुसंग सँधै सम्वन्ध प्रगाढ राखेमा व्यवसायले निरन्तरता प्राप्त गर्ने सकिने विषयमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान गरेका थिए ।

    कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागि भएका करिब ४०० जना भन्दा बढि अभिकर्ताहरु र कम्पनीका माकेटिङ कर्मचारीहरुलाई कलेजका प्रिन्सिपल एवं प्रशिक्षकहरुले तालिम प्रमाण पत्र वितरण गरेका थिए ।

    बीमा जगतमा प्रतिष्ठित संस्था इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डियाको तालिममा सहभागि भई तालिम प्रमाण पत्र प्राप्त गर्नु एउट ठूलो अवसर भएको र यो अवसर जुराई दिएकोमा कम्पनी प्रति हार्दिक आभारी रहेको सहभागि अभिकर्ताहरुले बताएका थिए ।

    प्रतिकृया दिनुहोस्