काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले युवालाई उद्यमशीलता विकाससम्बन्धी तालिम दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्बीच एक कार्यक्रमका बीच काठमाडौंमा सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पांँचवटा पालिकास्तरमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । र, सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्ने छ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्यमी बन्न चाहने युवा र बैंकबीचको खाडल यो सम्झौतापछि हट्ने बताउँदै लाखौं युवाहरु उत्पादनसँग जोडिई स्वारोजगार बन्ने बताए । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले यो तालिमले युवालाई व्यवसाय र सीप विकासको ज्ञान दिने हुँदा बैंकको कर्जा दुरुपयोग हुने जोखिम घट्ने बताए । सो कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल तथा राष्ट्रिय युवा परिषद्का उपसचिव कमला ज्ञवालीले युवाहरुलाई यो कर्जाले उद्यमशीलताको विकास गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना, बैंकका उपकार्यकारी अधिकृतद्वय सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु सरोज बस्नेत, राज्य लक्ष्मी खड्गी, युवा उद्यमी सञ्जालका संयोजक लोचन बस्नेत, कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले युवालाई उद्यमशीलता विकाससम्बन्धी तालिम दिने
आर्थिकसंसार संवाददाता२ पुस, २०७७
२ पुस, २०७७- कामना सेवा विकास बैंकद्वारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- सानिमा रिलायन्स लाइफको व्यतित बीमालेख नवीकरणमा छुट पाउन अब ७ दिन बाँकी
- क्लियरिङ र सेटलमेन्ट प्रक्रिया छोट्याउन लगानीकर्ताहरूको माग
- नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान
- ग्लोबल आइएमई बैंकले गर्यो टोखा र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा वृक्षरोपण
- ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी
- महासंघका अध्यक्ष ढकाल र आइएमएफ-आईसीआईएफ नेपाल प्रमुखबीच भेटवार्ता, अर्थतन्त्रबारे छलफल
- यातायात व्यवसायीलाई मन्त्री दाहालको आग्रह- संघीय कानुन नआउँदासम्म प्रक्रिया रोक्नूस्, सेवा बन्द नगर्नूस्
- निजी क्षेत्रलाई लाइसेन्स, यस्तो हुनेछ सरकारले घोषणा गरेको ‘नियो बैंक’