News Portal

  • नबिल बैंकको ३ अर्ब ५६ करोड मुनाफा

    आर्थीकसंसार संवाददाता२९ साउन, २०७७
    ७१७ पटक
    २९ साउन, २०७७

    काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा १५.८५ प्रतिशत कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
    बैंकले गत आवमा १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब कर्जा परिचालन गरेको थियो ।
    त्यस्तै, बैंकको जगेडा कोष बढेर १२ अर्ब ६६ करोड लाख रुपैयाँ पुगेको छ भने सेयरधनी कोष घटेर ३ अर्ब ४ करोड रुपैयाँमा सीमित छ । जबकी, अघिल्लो आर्थिक वर्ष बैंकको जगेडा कोषमा १० अर्ब ४४ करोड रूपैयाँ र सेयरधनी कोषमा ३ अर्ब ७३ करोड रुपैयाँ थियो ।
    हाल ३७.२४ रुपैयाँ प्रति सेयर आम्दानी रहेको बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस्तै, खुद ब्याज आम्दानी ७ अर्ब २ करोड रूपैयाँ रहेको बैंकको गत आर्थिक वर्षमा बैंकको खराब कर्जा अनुपात ०.९७ प्रतिशत रहेको छ ।
    यस्तै, बैंकले कष्ट अफ फण्ड ५.४९ प्रतिशत, सीसीडी रेसीयो ६८.०८ प्रतिशत, स्प्रेड रेट ३.७३ प्रतिशत, बेसरेट ७.३२ प्रतिशत कायम गरेको छ ।

    प्रतिकृया दिनुहोस्