News Portal

  • राष्ट्रिय सहकारी बैंकको ब्याजदर १ प्रतिशत, ६.७५ प्रतिशतमै कर्जा

    आर्थीकसंसार संवाददाता८ पुष, २०८१
    १७ पटक
    ८ पुष, २०८१

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले पुस ८ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।

    बैंकले बचततर्फ न्यूनतम १ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा साधारण बचत खातामा १ प्रतिशत, विशेष बचतमा १.२५ प्रतिशत, सुपर बचतमा १.५० प्रतिशतदेखि १.७५ प्रतिशत तोकिएको छ ।

    यस्तै, एनसिबिएल समुन्नत बचच खातामा न्यूनतम १.२५ प्रतिशतदेखि अधिकतम १.७५ प्रतिशत, एनसिबिएल प्रिमियम बचतमा १.७५ प्रतिशत, अनिवार्य नियमित बचतमा ५.५० प्रतिशत र क्रमिक बचतमा ५ प्रतिशतदेखि ५.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ । यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

    बैंकका अनुसार कर्जा तर्फ विभिन्न विभिन्न शिर्षकमा ६.२५ प्रतिशतदेखि ८.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ ।

    बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । मुद्दती निक्षेपको बिड रेट ४ प्रतिशतसम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा संचालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने छ । यस्तो सुविधा दोहोरो हुनेगरी प्रदान गरिने छैन ।

    प्रतिकृया दिनुहोस्