News Portal

  • मञ्जुश्री फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ?

    आर्थीकसंसार संवाददाता४ पुष, २०८१
    २२१ पटक
    ४ पुष, २०८१

    काठमाडौं । मञ्जुश्री फाइनान्सले आफ्नो १७ औँ वार्षिक साधारणसभा डाकेको छ।

    कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठक वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुले यो कम्पनीको सभामा भाग लिन र आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

    उक्त आर्थिक वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तपुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको कुल ६.३५ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। जसअनुसार कम्पनीले शेयरधनीहरुलाई कुल ८ करोड ५८ लाख २३ हजार ६०५.९० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

    प्रतिकृया दिनुहोस्