News Portal

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कानुन प्रमुखमा अधिवक्ता खड्का नियुक्त

    आर्थीकसंसार संवाददाता२ पुष, २०८१
    ९ पटक
    २ पुष, २०८१

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)को कानुन शाखाको प्रमुखमा अधिवक्ता आनन्दबाबु खड्का नियुक्त भएका छन्।

    कम्पनी व्यवस्थापन समितिले खड्कालाई कानुन शाखाको प्रमुखमा  नियुक्त गरेको हो। खड्काले सोमबारबाट जिम्मेवारी सम्हालेका छन्।

    खड्का यसअघि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा थिए। त्यहाँ उनी कानुन शाखामा वरिष्ठ प्रबन्धक थिए। उनी मर्जर पश्चात आईजीआई प्रुडेन्सियलमा २०७९ सालमा प्रवेश गरेका थिए। त्यस अगाडि खड्का प्रुडेन्सियल इन्स्योरेन्सको कम्पनी सचिव थिए।

    खड्कासँग व्यावसायिक रुपमा कानुन र अनुपालकको भूमिका निर्वाह गरेको करिब डेढ दशकको अनुभव रहेको छ। नेपाल बार काउन्सिलबाट अधिवक्ताको लाइसेन्स प्राप्त गरेका खड्काले एलएलएम बिजनेस एन्ड इन्टरनेसनल ट्रेड ल तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।

    स्पष्ट वक्ताका रुपमा चिनिने खड्काले विभिन्न निकायले प्रदान गरेको एएमएल/सीएफटी, बीमामा जोखिम व्यवस्थापन, गोएएमएलजस्ता तालिम हासिल गरेका छन्। उनले नेपाल प्रेस इन्स्टिच्युटबाट १ वर्षको पत्रकारिता तालिम पनि हासिल गरेका छन्। ऐन–नियम तथा आन्तरिक नीति निर्माण गर्ने कार्य खड्काको मुख्य जिम्मेवारी रहेको छ।

    प्रतिकृया दिनुहोस्