News Portal

  • लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

    आर्थीकसंसार संवाददाता१ पुस, २०७७
    १९५७ पटक
    १ पुस, २०७७

    काठमाडौं । लिखु खोला हाइड्रोपावर कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ । उक्त सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्चरको तर्फबाट अनिल अग्रवालले हस्ताक्षर गरेका थिए ।
    कम्पनीले जारी पुँजी तीन अर्ब बाह्र करोड पचास लाख पुँजीमध्ये बीस प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको जम्मा ६२,५०,००० कित्ता शेयर प्रति कित्ता १०० रुपैयाँ अंकित दरले शेयरको मूल्य बैसठ्ठी करोड पचास लाख रुपैयाँको शेयर प्रत्याभुति व्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको हो ।
    रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट विद्युत उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भइसकेको कम्पनीले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्