आर्थीकसंसार संवाददाता२७ मंसिर, २०८१
२७ मंसिर, २०८१काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी मदन दाहालले पाएका छन् ।
अर्थ मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि अर्थमन्त्रालयका सहसचिव दाहाललाई कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिएको हो ।
प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि दाहालले कार्यवाहककाे जिम्मेवारी पाएका हुन्।
दाहाल प्राधिकरणको सञ्चालक समितिका सदस्य हुन् ।
मन्त्रालयका अनुसार बीमा ऐन २०७९ को दफा (६) बमोजिम दाहालले प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
उनी सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका छन् ।