News Portal

  • स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो पहिलो नेपाली सीईओ, गोरख राणा नियुक्त

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०८१
    ३४१ पटक
    २५ मंसिर, २०८१

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले स्थापनाको ३७ वर्षपछि पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ।

    बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले डेपुटी सीईओ गोरख राणालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि बैंकले विदेशी नागरिकमात्रै सीईओ हुँदै आएका थिए। हाल बैंकको सीईओमा अनिर्भान घोष दास्तिदार रहेका छन्।

    राणालाई बैंकको सीईओमा ४ वर्षका लागि नियुक्त गरिएको छ। उनले आउँदो जनवरी १ देखि सीईओको जिम्मेवारी सम्हाल्नेछन्।

    राणाले बैंकमा सुरुआती अवस्थादेखि नै काम गर्दै आएका थिए। उनले बैंकिङ करिअर ग्रिन्डलेज बैंकबाट सुरु गरेका थिए। पछि यो बैंकलाई स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्राप्ति गरेको थियो।

    राणाले स्ट्यान्डर्ड चार्टर्ड बैंकका विभिन्न विभागमा बसेर काम गरेका छन्। पछिल्लोपटक सन् २०२२ मा उनी डेपुटी सीईओमा नियुक्त भएका हुन्।

    राणाले अमेरिकाबाट एमबीए गरेका छन्।

    प्रतिकृया दिनुहोस्