News Portal

  • आवश्यक कागजातसहित दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमितलाई आईजीआई प्रुडेन्सियलको आग्रह

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०८१
    २२१ पटक
    २५ मंसिर, २०८१

    काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आवश्यक कागजातसहित दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको छ।

    कम्पनीले आज एक सूचना जारी गर्दै गत असोज मसान्तसम्ममा क्षति भई कम्पनीमा प्राप्त हुन आएको बीमा सम्बन्धमा हालसम्म सर्भेयर वा कम्पनीमा आवश्यक कागजात पेस नभएको र सम्पर्कमा नआएका बीमितलाई यस्तो आग्रह गरेको हो। बीमितलाई आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन कम्पनीले सूचित गरेको छ।

    दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सम्पर्कमा आउन बीमितलाई कम्पनीले समयसीमा दिएको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआएका बीमा दाबीका फाइलहरु बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

    दाबी दर्ता भई आवश्यक कागजात प्राप्त हुन बाँकी बीमा दाबीको विवरण कम्पनीको वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उल्लेख छ।

    प्रतिकृया दिनुहोस्