आर्थीकसंसार संवाददाता२२ मंसिर, २०८१
२२ मंसिर, २०८१काठमाडौं । जीवन बीमक सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शनिबार काठमाडौंमा चाबहिल क्षेत्र अन्तर्गतका अभिकर्ताको व्यवसायीक दक्षता अभिवृद्धिका लागि तालिम आयोजना गरेको छ।
तालिममा सहभागि अभिकर्ताहरूलाइ चिफ बिजनेश अफिसरद्वय गुणराज श्रेष्ठ र सूर्य प्रकाश गुप्ताले बीमा बिक्री कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । उनीहरूले सानिमा रिलायन्सका बीमा योजनाहरूलाइ कसरी आम मानिसको जीवन चक्रसँग जोडेर बिक्री गर्न सकिन्छ भन्ने विषयमा पनि अभिकर्तासँग अनुभव बाँडेका थिए ।
प्रशिक्षणमा सानिमा रिलायन्समा आबद्ध चाबहिल क्षेत्र अन्तर्गतका एक सयभन्दा बढी व्यवसायीक बीमा अभिकर्ताको सहभागिता रहेको थियो।