News Portal

  • सिद्धार्थ बैंकले ‘स्कोरकार्ड मोडल’ सुरु

    आर्थीकसंसार संवाददाता३० मंसिर, २०७७
    १८०४ पटक
    ३० मंसिर, २०७७

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्जा स्वीकृति प्रक्रिया ‘स्कोरकार्ड मोडल’को सुरुवात गरेको छ । बैंकले ग्राहकको वित्तीय तथा गैरवित्तीय सूचकांकहरुको आधारमा उक्त मोडल सुरु गरेको हो ।
    साना तथा मझौला व्यवसायीलाई छोटो समयमै सरल तथा सहज रुपमा कर्जा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त मोडलको सुरुवात गरेको हो ।
    स्कोरकार्ड मोडलअन्तर्गत बैंकले एक करोड रुपैयाँसम्मको लघु, साना तथा मझौला कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको २४ कार्य घण्टा भित्र स्वीकृत गरिने व्यवस्था मिलाएको छ । यो स्कोरकार्ड मोडल सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम बीचको सहकार्यमा देशको लघु, साना तथा मझौला उद्यमहरुको लागि सरल प्रक्रियामा कर्जा प्रधान गर्न र वित्तीय पहुँचमा बृद्धि गर्न सञ्चालन गरिएको हो । यस व्यवस्थाअन्तर्गत कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१९५९७००२० मा सम्पर्क गर्न बैंकले आग्रहसमेत गरेको कुरा जनाएको छ ।

    प्रतिकृया दिनुहोस्