News Portal

  • ज्ञानुले श्रीमानको जन्मदिनमा दिइन् बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०८१
    ३४ पटक
    २१ मंसिर, २०८१

    काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला विभिन्न कारण दैनिक घरमा आवश्यक सामग्री उपहार दिइन्थ्यो । अहिले जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

    यसैबीच साँगाचोकगढी गाउँपालिका वडा नं. ९ सिन्धुपाल्चोक निवासी ज्ञानु गिरीले आफ्नो श्रीमान बिनोद गिरी लाई ५ लाख रुपैयाँको सुखी जीवन प्लस बीमा योजना उपहार दिएकी हुन् ।

    श्रीमान्‌को जन्मदिनमा अन्य उपहार भन्दा बीमा पोलिसी उपहार उपयुक्त लागेर श्रीमान्‌को बचत र सुरक्षाको लागि एशियन लाइफको बीमा पोलिसी उपहार दिएको ज्ञानुले बताइन् ।

    प्रतिकृया दिनुहोस्