काठमाडौं । माछापुच्छ्रे बैंकले जेसिबी ब्रान्डका हेभी इक्युपमेन्ट खरिद गर्नको लागि सहुलियत कर्जा दिने भएको छ । सोसम्बन्धी माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमूभर्स प्रालिबीच सम्झौता भएको छ ।
सो सम्झौतापत्रमा एमएडब्लु अर्थमूभर्सको तर्फबाट अध्यक्ष बिष्णुकुमार अग्रवाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् । यससँगै दुवै कम्पनीका ग्राहकहरुले जेसिबी ब्रान्डका हेभी इक्युपमेन्ट खरिदमा माछापुच्छ्रे बैंकबाट सहुलियत दरमा कर्जा पाउने भएका छन् ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरुमार्फत र एमएडब्लु अर्थमूभर्स प्रालिका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभी इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।
बैंकले हाल १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।
माछापुच्छ्रे बैंकद्वारा हेभी इक्युपमेन्ट किन्न चाहनेलाई सहुलियत कर्जा दिने
आर्थीकसंसार संवाददाता३० मंसिर, २०७७
३० मंसिर, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान