News Portal

  • एशियन लाइफले व्यतित बीमालेख नविकरणमा ५०% सम्म ब्याज छुट दिने

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०८१
    २३२ पटक
    १९ मंसिर, २०८१

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ। कम्पनीबाट जारी गरिएका बीमालेखमा बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु मंसिर २० गते अर्थात भोलिदेखि पुस १९ गतेसम्म पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने घोषणा गरेको हो।

    पाँच वर्षदेखि माथि व्यतित बीमालेखमा ५० प्रतिशतसम्म र २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशतसम्म ब्याज छुट दिइने कम्पनीले जनाएको छ।

    दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुुट प्रदान नगरिने कम्पनीले स्पष्ट पारेको छ। एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान नगरिने पनि कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्