आर्थीकसंसार संवाददाता१९ मंसिर, २०८१
१९ मंसिर, २०८१काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज/जरिवानामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको हो ।
कम्पनीले व्यतित बीमालेखहरु आज मंसिर १९ गतेदेखि मंसिर ३० गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ।