News Portal

  • सानिमा रिलायन्स लाइफको सीप विकास कार्यशाला सम्पन्न

    आर्थीकसंसार संवाददाता१८ मंसिर, २०८१
    २९ पटक
    १८ मंसिर, २०८१

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आयोजनामा वित्तीय सल्लाहकारहरूको लागि सीप विकास कार्यशाला सम्पन्न भएको छ ।कम्पनीको हाकिमचोक शाखा, नारायणगढ शाखा, चनौली शाखा, टाडी शाखा, पर्सा शाखा, माडी शाखा, गैडाकोट शाखा, कावासोती शाखा, मनहरी शाखा र हेटौंडा शाखा अन्तर्गतका क्षेत्रमा रहेर कम्पनीमा आवद्ध रहेका १०० जना भन्दा धेरै वित्तीय सल्लाहकारहरूको उपस्थिति रहेको कार्यक्रममा कम्पनीका डिपुटी चिफ एक्जिुकेटिभ अफिसर निराजन कँडेल को प्रमुख उपस्थिति रहेको थियो ।

    भरतपुरको रोयल सेन्चुरी होटलमा सम्पन्न कार्यक्रममा डिपुटी चिफ एक्जिुकेटिभ अफिसर कँडेलले हरेक क्षेत्रको विषयमा अध्ययन गरि निरन्तरता दिएमा सफलता धेरै टाढा नभएको बताए ।

    उक्त कार्यक्रममा चिफ विजनेस अफिसर द्वय सुर्य प्रकाश गुप्ता र गुणराज श्रेष्ठले बीमा क्षेत्रमा लागेका अभिकर्ताहरूको क्षमता र सिप विकासको लागि विशेष प्रशिक्षण दिएका थिए ।

    क्षेत्रीय प्रबन्धक मदन गाहा उपस्थित भएको कार्यक्रममा सबैभन्दा धेरै पोलिसी ल्याउने, समुहमा धेरै विजनेस गर्ने र सबैभन्दा धेरै सेल्फ कोड विजनेस गर्ने गरि तिन विधामा प्रथम, दोस्रो र तेस्रो अभिकर्ताहरूलाई अवार्ड प्रदान गरिएको थियो ।

    कार्यक्रमको संचालन हेटौंडा एरिया म्यानेजर सुर्य गिरीले गरेका थिए । स्वागत मन्तब्य चितवन एरिया म्यानेजर इशा प्रधानले गरेकी थिइन् ।

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले हरेक उमेर समुहका ग्राहकहरूको लागि उत्कृष्ट विमा योजनाहरू मार्फत सबैको मन जित्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्