News Portal

  • पोखरामा सानिमा रिलायन्स लाइफको अभिकर्ता सिप विकास कार्यशाला आयोजना

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०८१
    २६२ पटक
    १६ मंसिर, २०८१

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले पोखरा रिजन अन्र्तगत गण्डकी धवलागिरी क्षेत्रका उत्कृष्ट २६२ जना अभिकर्ताका लागी पोखरामा सिप विकास कार्यशाला आयोजना गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी कम्पनीका डेपुटी सीईओ निराजन कंडेलले “ उत्तप्रेरणा तथा रमाइलो कार्यक्रमले आनन्द दिएपनि सैदान्तीक र बिषय बस्तुमा गहन अध्ययनले फाइदा पुग्ने भन्दै अध्ययन तथा प्रशिक्षणमा जोड दिनु पर्ने बताए।

    साथै कम्पनिका चिफ बिजनेश अफिसर गुणराज श्रेष्ठ, सूर्य प्रकाश गुप्ता र सन्दिप कसजुले कार्यशालाको सहजिकरण गरेका थिए।

    सो कार्यक्रममा पोखरा रिजनमा गत आर्थिक बर्षमा बिभिन्न बिधामा उत्कृष्ट व्यबसाय गरेका ९ जनालाई सम्मान गरिएको कम्पनिका रिजनल म्यानेजर विनोद त्रिपाठीले जानकारी दिए।

    उक्त कार्यक्रममा कम्पनिका रिजनल म्यानेजर विनोद त्रिपाठीले स्वागत मन्तव्य राखेका थिए भने संचालन पोखरा शाखा प्रमुख कमला शर्माले गरेका थिए।

    प्रतिकृया दिनुहोस्