News Portal

  • लक्ष्मी सनराइज बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०८१
    २६ पटक
    १६ मंसिर, २०८१

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले १ अर्ब १५ करोड ९३ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ६ करोड १० लाख १८ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव पियुस राज अर्यालले जानकारी दिए ।

    यसअघि बैंकले आर्थिक वर्ष २०७९/८० मा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्