आर्थीकसंसार संवाददाता१४ मंसिर, २०८१
१४ मंसिर, २०८१काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको आज मंसिर १३ गते बसेको बैठकले खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
निजको नियुत्तिको स्वीकृतीका सम्बन्धमा नियमनकारि निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेस गरिएकोमा प्राधिकरणको मंसिर १२ को पत्रमार्फत बीमा ऐन तथा प्रचलित कानुनको पूर्णपालना गर्नेगरि कम्पनीका सञ्चालक समितिलाइ आवश्यक कार्यगर्नको जानकारी गराएको थियो ।