काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्पजनिक गरेको हो ।
समीक्षामा कुनै पनि नीतिगत व्यवस्थालाई चलाइएको छैन ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत कायम राखेको छ । यसैगरी, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको जनाएको छ ।अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको मौद्रिक नीतिमा उल्लेख छ । विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको नीतिमा उल्लेख गरिएको छ ।