News Portal

  • ग्लोबल आईएमई लघुवित्तद्वारा उच्च लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७७
    २००२ पटक
    २९ मंसिर, २०७७

    काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ । मंसिर २८ गते बसेको संस्थाको सञ्चालक समितको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २८.९२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन संस्थाले हालसम्म वितरण गरेको लाभांशभन्दा बढी हो ।
    संस्थाले गत आवको नाफाबाट २७.४७ प्रतिशत बोनस र १.४५ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी २८.९२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
    लघुवित्तको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी २५ करोड ९५ लाख रुपैयाँ रहेको छ । २७.४७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३३ करोड रुपैयाँ नाघ्ने छ ।
    संस्थाले हालसम्म ५ वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरिसकेको छ । संस्थाले अघिल्लो आव २०७५/७६ को नाफाबाट सेयरधनीलाई १८.४२ प्रतिशत लाभांश (१७.५ प्रतिशत बोनस र ०.९२ प्रतिशत नगद) वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ को १५.७८७५ प्रतिशत, २०७३/७४ को २१.०५ प्रतिशत, २०७२/७३ को २० प्रतिशत र २०७१/७२ को १३.६८ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्