News Portal

  • सेञ्चुरी कमर्सियल बैंकको प्रस्तावित लाभांश वितरण

    आर्थिकसंसार संवाददाता२९ मंसिर, २०७७
    १५४३ पटक
    २९ मंसिर, २०७७

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ, जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । प्रस्तावित लाभांश दर गत दुई वर्षयताकै उच्च हो भने बोनसदर गत तीन वर्ष यताकै उच्च हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५÷७६ नाफाबाट सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश (२ प्रतिशत बोनस र ४.७५ प्रतिशत नगद) र आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट ६.५ प्रतिशत लाभांश (२ प्रतिशत बोनस र ४.५ प्रतिशत नगद) वितरण गरेको थियो ।
    बैंकको मिति २९ मंसिर २०७७ मा बसेको ३२६औं सञ्चालक समतिको बैठकले चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ । सो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति एंवम बैंकको १०औं वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ ।थप जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

    प्रतिकृया दिनुहोस्