काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक बृद्धि भएको छ ।
यस कम्पनी पहिलो त्रैमासमा ६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३४ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। गत वर्षको तुलनामा कम्पनीकबो नाफा २३ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा ८७ करोड २१ लाख रहेको छ । अन्य इक्विटीमा २६ करोड ९ लाख रहेको छ । महाविपत्ती कोषमा ५ करोड ८७ लाख रहेको छ ।
समीक्षा अवधिमा कम्पनीले ७५ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ७ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।
समीक्षा वर्षमा कम्पनीले ५६ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १९३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १९ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १९ करोड २ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३४ करोड ८१ लाख रुपैयाँ खर्चिएको थियो ।
समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ९४ लाख ९९ हजार रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा १ करोड ३० लाख खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १० रुपैयाँ ५९ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४१ पैसा रहेको छ। कम्पनीको सोल्भेन्सी रेसियो ३ दशलमव २४ प्रतिशत रहेको छ ।