News Portal

  • आईजीआई प्रुडेन्सियलको नाफा १९.३७ प्रतिशत बढ्यो, १.७४ अर्ब पुग्यो विशेष कोष

    आर्थीकसंसार संवाददाता२९ कार्तिक, २०८१
    ३२ पटक
    २९ कार्तिक, २०८१

    काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ६ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १९.३७ प्रतिशत बढेको हो ।

    असोज मसान्तसम्म कम्पनीले २२ करोड ४७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य घटेको छ । ं

    असोजसम्म कम्पनीले १९ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड १६ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ४.९० प्रतिशत बढेको हो ।

    यसअवधिमा कम्पनीले ४५ करोड ९३ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने ३७ करोड २१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ६८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ३५ करोड ३८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीले ५६ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ३.३० प्रतिशत घटेको हो ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ, विशेष कोषमा १ अर्ब ७४ करोड २० लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ३५ लाख रुपैयाँ, सञ्चित नाफा ३५ करोड २ लाख रुपैयाँ र अन्य इक्विटी ५६ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

    कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६.७५ रुपैयाँबाट बढेर ८.०६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९०.४९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ७७.३० गुणा रहेको छ ।

    प्रतिकृया दिनुहोस्