News Portal

  • कुमारी बैंकको  चुक्ता पुँजी १४ अर्ब नजिक

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७७
    १७९८ पटक
    २९ मंसिर, २०७७

    काठमाडौं । कुमारी बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आज सोमबार सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित १४ प्रतिशत लाभांशलाई पारित गरेको हो ।
    साधारणसभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को लागि १०.८५ प्रतिशत बोनस सेयर तथा ३.१५ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो बोनस सेयर जारीपश्चात कुमारी बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
    बैंकको २०औं वार्षिक साधारणसभा बैंकका अध्यक्ष अमिरप्रताप जबरा राणाको अध्यक्षतामा रजिष्टर्ड कार्यालय, टंगाल, काठमाडौंमा सम्पन्न भएको छ । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अनलाइन प्लाट्फोर्म जूममार्फत सेयरधनीको धारणा समावेश गरेको थियो ।
    सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।
    आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप १२४ अर्ब २२ करोड रुपैयाँ परिचालन तथा कुल कर्जा रकम ११५ अर्ब १३ करोड रुपैयाँ प्रवाह गरी सञ्चालन मुनाफा २ अर्ब १४ करोड रुपैयाँ तथा १ अर्ब १५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७/०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप १२२ अर्ब २९ करोड रुपैयाँ तथा कुल कर्जा रकम ११५ अर्ब १९ करोड रुपैयाँ गरी ८६ करोड रुपैयाँको सञ्चालन मुनाफा र ६० करोड २५ लाख रुपैयाँको खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।
    हाल बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरी १८६ शाखा सञ्जाल, १५० एटीएम, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्