News Portal

  • सूर्यज्योति लाइफको नाफा बढ्यो, जीवन बीमा कोषमा ३६ अर्ब बढी

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०८१
    ४७ पटक
    २८ कार्तिक, २०८१

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले २.५१ प्रतिशत बढी नाफा गरेको हो ।

    असोज मसान्तसम्म कम्पनीले २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २३ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

    असोज मसान्तसम्म कम्पनीले २ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ खुद भुक्तानी गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ रहेको छ भने ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँ रहेको छ ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड २१ लाख रुपैयाँ, महाविपत्ती कोषमा ३७ करोड ७९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब ३३ करोड २७ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष २२.२८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीको जीवन बीमा कोषमा २९ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ रहेको थियो । चालु आवको पहिलो त्रैमासमा जीवन बीमा कोषमा ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

    नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ९.२० रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १४३.५९ रुपैयाँ रहेको भने पीई रेसियो ५४.७५ गुणा रहेको छ ।

    प्रतिकृया दिनुहोस्