आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०८१
२७ कार्तिक, २०८१काठमाडौं । मेरो माइक्रोफाइनान्सले लघुवित्त सम्बन्धी आधारभूत तथा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तीन दिने तालिम समारोहलाई सम्बोधन गर्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले कर्मचारीहरूलाई हौसला प्रदान गर्नुका साथै लघुवित्तले विपन्न, गरिब तथा पछाडी परेका वर्ग, समुदायमा काम गर्ने भएकोले यस क्षेत्रले आर्थिक विकासको साथसाथै सामुदायिक विकासका लागि महत्त्वपूर्ण भुमिका खेलेको बताए ।
त्यस्तै ग्रामीण भेगमा वित्तीय पहुँच बिस्तार गरेर वित्तीय साक्षरता प्रदान गर्दै आएको समेत बताए ।
तालिममा देशभरका नवनियुक्त ५० जना कर्मचारीहरु, नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, वरिष्ठ ब्यवस्थापक राजु प्रसाद पुडासैनी तथा विभिन्न बिभागका प्रमुख तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।