News Portal

  • प्रभु महालक्ष्मी लाइफको नाफामा २५.७४ प्रतिशत छलाङ, यस्ता छन् अन्य सूचक

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०८१
    २७ पटक
    २६ कार्तिक, २०८१

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले २५.७४ प्रतिशत बढी नाफा गरेको हो ।

    गत असोजसम्म कम्पनीले १ अर्ब १७ करोड २९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १२ करोड ५८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४.१८ प्रतिशत बढेको हो ।

    तीन महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १२.२७ प्रतिशत बढेर १ अर्ब १५ करोड १४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २ करोड ५५ लाख रुपैयाँ खुद भुक्तानी गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ११.६७ प्रतिशत बढेर १ अर्ब ५७ करोड ८१ लाख रुपैषँ गरेको छ भने कुल खर्च १०.५९ प्रतिशत बढेर १ अर्ब ४५ करोड १८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने १ अर्ब ३१ करोड २७ लाख रुपैयाँ कुद खर्च गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १० प्रतिशत बढेर ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ, सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोष ६.९६ प्रतिशत बढेर ९ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३४.८९ प्रतिशत घटेर ६२ करोड २५ लाख रुपैयाँ र अन्य इक्विटी १७ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

    नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १.३४ रुपैयाँ बढेर १०.६९ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात ५३.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११९.३४ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्