News Portal

  • लुम्बिनी लायन्सको ब्राण्ड एम्बास्डर बने राजेश हमाल

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०८१
    २३ पटक
    २६ कार्तिक, २०८१

    काठमाडौं । अभिनेता राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार कार्यक्रमको आयोजना गर्दै हमाललाई ब्राण्ड एम्बारडरको रुपमा सार्वजनिक हो ।

    उनी एक वर्षको अवधिसम्म लुम्बिनी लायन्सका लागि ब्राण्ड एम्बेस्डर हुनेछन् । कति रकममा सम्झौता भयो भन्ने विषय भने खुलाइएको छैन ।

    हमालले लुम्बिनी टिमसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । उनले आफ्नो क्रिकेटसँग नजिकको सम्बन्ध रहेको बताउँदै आफू आवद्ध टिमले राम्रो गर्नेमा विश्वास व्यक्त गरे ।

    यस्तै, कार्यक्रममा लुम्बिनीका लागि मार्की प्लेयर रोहित पौडेलले महानायक राजेश हमाल जोडिँदा खुशी लागेको बताए

    लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले एनपीएलको उपाधि जित्ने लक्ष्यसहित नै आधारदेखि नै टिम निर्माण गरिरहेको र लक्ष्य उपाधि जित्ने रहेको बताए ।

    प्रतिकृया दिनुहोस्